सिमरा संवेदनशील अवस्थामा, पुर्वमन्त्री किसान श्रेष्ठको घरमा अनाधिकृत प्रवेश ‘बेठीक’: मेयर पौडेल

सिमरा संवेदनशील अवस्थामा, पुर्वमन्त्री किसान श्रेष्ठको घरमा अनाधिकृत प्रवेश ‘बेठीक’: मेयर राजन पौडेल

स्पर्श खबर जितपुर बारा मंसिर ६ गते:

बिगत केही दिनदेखि सिमरा क्षेत्र संवेदनशील अवस्थाबाट गुज्रिरहेको बेला पुर्व मन्त्री किसान श्रेष्ठको घरमा विना जानकारी अनधिकृत रूपमा प्रवेश हुनु गम्भीर र अस्वीकार्य कार्य भएको जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले बताएका छन्।

मेयर पौडेलले आफ्नो फेसबुकमार्फत प्रतिक्रिया दिँदै यस्ता संवेदनशील परिस्थितिमा जो–कोहीले जिम्मेवारीपूर्वक आचरण गर्नुपर्ने उल्लेख गरेका छन्। उनले सुरक्षा संवेदनशीलता बढिरहेको अवस्थामा व्यक्तिको निजी आवासमा अनुमति बिना प्रवेश गर्नु कानुनी तथा नैतिक दुवै हिसाबले गलत भएको स्पष्ट पारे।

उनले स्थानीय शान्ति–सुरक्षा जोगाउन सबै पक्ष संयमित रहन आग्रह गर्दै घटनाबारे छानविन आवश्यक रहेको पनि टिप्पणी गरेका छन्।