Skip to content
सारांश
- अमेरिकी विदेश मन्त्रालयले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ।
- कानून उल्लङ्घन, भिसाको म्याद सकिएपछि अमेरिकामा बस्ने र आतंकवादी गतिविधिको समर्थन जस्ता कारण भिसा रद्द गरिएको हो।
- ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ गरिरहँदा यो कदम चालिएको हो।वासिङ्टन डिसी । अमेरिकाको विदेश मन्त्रालयले ६ हजारभन्दा धेरै विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ । अमेरिकी कानुनको उल्लङ्घन गरेको तथा भिसामा तोकिएको म्याद सकिएपछि पनि अमेरिकामै बसेको भन्दै मन्त्रालयले उक्त कदम चालेको हो ।उल्लङ्घनका अधिकांश घटना कुटपिट, मादक वा नशालु पदार्थ खाएर गाडी चलाएको, लुटपाटको घटनामा संलग्न भएको र आतंकवादलाई समर्थन आदिसँग सम्बन्धित भएको बताइएको छ ।ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ गरिरहँदा यो कदम चालिएको हो । विदेश मन्त्रालयले आतंकवालाई समर्थनको अर्थ के हो भनेर स्पष्ट खुलाएको छैन । तर ट्रम्प प्रशासनले प्यालेष्टाइनको समर्थमा विरोध प्रदर्शन गर्ने केही विद्यार्थीलाई निशाना बनाएको बुझिएको छ । भिसा रद्द हुनेमध्ये करिब चार हजारको भिसा कानुन उल्लङ्घनसँग सम्बन्धित रहेको मन्त्रालयले बताएको छ ।अरू २०० देखि ३०० विद्यार्थी भिसा भने आतङ्कवादको कारण खारेज गरिएको भनिएको छ । यो वर्षको सुरुमा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीको भिसा अपोइन्टमेन्ट शेड्यूल रोकेको थियो ।जुन महिनामा यसलाई पुनः सुचारु गरिएको भए पनि आवेदकहरूले स्क्रिनिङका लागि आफ्नो सामाजिक सञ्जाल खाता पब्लिक बनाउनु पर्ने भनिएको थियो । एजेन्सी ।