बाराको जीतपुरमा सुविधासम्पन्न स्पा सञ्चालनमा आयो

बाराको जीतपुरमा सुविधासम्पन्न स्पा सञ्चालनमा आयो

मनोज शाह जितपुर बारा, कार्तिक ७ गते।

बारा जिल्लाको जितपुर सिमरा  उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा पहिलोपटक अत्याधुनिक सुविधासम्पन्न स्पा खुलेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला अधिकारीले रिबिन काटेर उक्त स्पाको उद्घाटन गर्नुभएको हो। उद्घाटन गर्ने क्रममा उहाँले जितपुर     सहरको रुपमा परिचिति हुँदै गएको हुँदा यस भेगमा ठुलाठुला होटेल तथा ठूलाठूला स्पाहरू अनवरतरूपमा सञ्चालनमा आई फस्टाउने अवस्था रहेको हुँदा ऐन नियमको परिधिमा रहेर स्पाको सम्पूर्ण कामकाज गर्न अनुरोध गर्नुभयो। हामीकहाँ आउने ग्राहकवर्गलाई अन्य होटेलभन्दा हामी कम मूल्यमा सहुलियतका साथ सेवा उपलब्ध गराउनेछौं भनी स्पाका सञ्चालकले दाबी गर्नुभयो । स्पाको उद्घाटन कार्यक्रममा स्पाको सञ्चालक स्टाफ तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।