जितपुर ट्राफिक प्रहरी बरिस्ठ हवल्दार मिश्रकाे अनिहाउ कामउ धन्दा

जितपुर ट्राफिक प्रहरी बरिस्ठ हवल्दार मिश्रकाे अनिहाउ कामउ धन्दा
मनाेज शाह जितपुर बारा असाेज ९ गते

बाराकाे जितपुर ट्राफिक व्यवस्थापन सम्बन्धी चुनौतीहरु गहिरिँदै गएका छन्। ट्राफिक प्रहरीको भूमिका नागरिक सुरक्षा र सवारी दुर्घटनाको न्यूनीकरणका लागि महत्वपूर्ण मानिन्छ, तर जितपुरमा यसको प्रभावकारिता सन्देहास्पद बनिरहेको छ। जितपुरमा सवारी दुर्घटनामा कमी नआउँदा र ट्राफिक प्रहरीको भूमिकामाथि प्रश्न उठ्दा जनताले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

जितपुरकाे अवस्था हेर्ने हो भने, यहाँका सडक र पेटीहरुमा तीन पाँग्रे, चार पाँग्रे र दुई पाँग्रेका सवारी साधनको अव्यवस्थित पार्किङ सजिलै देख्न सकिन्छ। स्थानीय ट्राफिक प्रहरीको उदासिनताले गर्दा जितपुर लगायत अन्य स्थानमा सवारी दुर्घटनाको जोखिम अत्यधिक बढेको छ। स्थिति यति विकराल छ कि जितपुर ट्राफिक पोष्टकै अगाडि समेत अव्यवस्थित पार्किङले गर्दा जितपुरकाे ट्राफिक अवस्था बिग्रिएको छ।

जितपुरमा झण्डै डेढ सय अटोहरुले दैनिक यात्रुहरुलाई सेवा दिइरहेका छन्। तर, यी अटोरिक्सा चालकहरुले ट्राफिक प्रहरीलाई निश्चित रकम बुझाउँदै आएका छन्, जुन महिनामा दुई हजार देखि तीन हजार सम्म पुग्ने बताइन्छ।

अटोरिक्सा चालक माेहन साहका अनुसार यो रकम ट्राफिक कार्यालयमा पुर्‍याउने जिम्मा उनीहरुमाथि हुन्छ। यो रकम नेपाल सरकारको राजस्व खातामा नगई सम्बन्धित निकायमा जाने गरेको उनीहरुको गुनासो छ। ट्राफिक प्रहरीले यसरी संकलन गरेको रकमको पारदर्शिता र त्यसको सदुपयोगबारे गम्भीर प्रश्न उठ्न थालेको छ।

जितपुर ट्राफिक कार्यालय प्रमुख बरिस्ठ हवल्दार तेज नारायण मिश्र आएपछि ट्राफिकको अवस्था झनै बिग्रिएको भन्दै स्थानीयले आरोप लगाएका छन्। मिश्रमाथि
उधाेगका ट्रक ,कबडा बाेक्ने डेेयक्टर,ट्रिपर, साउहरुसँग मिलेमतोमा महिनाबारि उठाउने जस्ता आरोपहरु पनि लगाइएको छ। उनले ट्राफिक व्यवस्थापनलाई पूर्ण रूपमा बेवास्ता गरेको स्थानीयहरुको भनाइ छ।