पर्साले तीन मन्त्री पाएसँगै विकासले गति लिने नागरिक समाज र उद्योगी व्यवसायीको अपेक्षा

स्पर्श खबर जितपुर बारा असार ३१ गते:

यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा यहाँबाट तीनजना सांसद मन्त्री बनेसँगै यहाँका स्थानीय, बुद्धिजीवी तथा उद्योगी, व्यवसायीले जिल्लाको समग्र विकास निर्माणसहित राज्यको अन्य क्षेत्रमा उपस्थिति शसक्त र प्रभावकारी हुने विश्वास गरेका छन् ।

पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानी मन्त्री नियुक्त भएका छन् । क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका सांसद अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् ।सभार रासस। प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नियुक्त पाएक छन् ।