शान्ति युवा विकास मञ्चको नयाँ कार्यकारी समिति चयन

मनाेज शाह जितपुर बारा असार २९ गते:

शान्ति युवा विकास मञ्चको नयाँ कार्यकारी समिति चयन

जितपुर सिमरा उ.म. न. पा. वडा नं. ७ मा रहेको शान्ति युवा विकास मञ्चका लागि नयाँ पदाधिकारी चयन कार्य सम्पन्न भएको छ । शान्ति युवा विकास मञ्चका अध्यक्ष विवेक कुमार सोनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्य समितिको अध्यक्षको रूपमा योगेश अधिकारी, उपाध्यक्ष अजय कुमार साह कलवार, सचिव अशोक दास सह-सचिव संतोष साह, कोषाध्यक्ष दिनेश सर्राफ लगायत १३ सदस्यीय मूल कार्यकारी समिति गठन गरिएको अध्यक्ष विवेक कुमार सोनारले बताए।