बारामा ७० प्रतिशत धान रोपाइँ

बारामा ७० प्रतिशत धान रोपाइँ

मनाेज शाह जितपुर बारा असार २९ गते:

बारामा ७० प्रतिशत धान रोपाइँ भएको छ । पानीको अभाव नभएकोले असार १५ सम्म ५० प्रतिशत मात्र धान रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले ७० प्रतिशत धान रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाराका शाखा प्रमुख रामजिवन ठाकुरले जानकारी दिए ।

उनले भने; यो साता जिल्लामा पर्याप्त वर्षा भएकाले १६ वटै पालिकामा रोपाइँ तीव्र गतिले भइरहेको छ ।
आगामी दस दिनभित्र ९० देखि ९५ प्रतिशत रोपाइँ धान सम्पन्न हुने अनुमान गरिएको ठाकुरले बताए । त्यसपछि बाँकी रहेको धान रोपाइँ छिटपुट रूपमा केही दिनसम्म भइरहने पनि कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

असार १५ गते धान दिवस मनारइरहँदासम्म जिल्लामा पानी परिरहेकोले अधिकांश किसानले बिउँ समेत राख्न पाएका थिए । सोही कारणले सो अवधिसम्म ७० प्रतिशत मात्र धान रोपाइँ भएको थियो । पानी प्राप्त भएकोले पनि जिल्लामा धान उत्पादन हुने सब खेतमा रोपाइँ हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्रका शाखा प्रमुख ठाकुरले बताए ।

समयमा रोपाइँ सुरु गर्न सफल भएका बाराका जितपुरसिमरा उपमहानगरपालिका –का किसान सतेष यादवले आफूले हालसम्म ५० प्रतिशत भन्दा बढी रोपाइँ गरिसकेको बताउँदै पछिल्लो समयको वर्षाले उत्पादन राम्रो हुने आशा बढाएको बताए । प्रसाैनी –५ का किसान राम कुशावाहाले धेरै राम्रो वर्षा भएकाले सोचे भन्दा राम्रो रोपाइँ गरेको बताए ।

कृषि ज्ञान केन्द्र बाराले यस वर्ष राम्रो समयमा रोपाइँ सुरु भएपनि बाढी र डुबान भएन भने विगत भन्दा राम्रो उत्पादन हुने सम्भावना रहेको जनाएको छ ।
बारामा धान रोपाइँ हुने कूल ६५ हजार हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सोही क्षेत्रफलमा धानखेतीका लागि रोपाइँ भइरहेको छ ।