बारामा पुन: सवारी दुर्घटना

बारामा पुन: सवारी दुर्घटना

रन्जित चाैधरी, असार १ गते

बारामा दिनप्रतिदिन सवारी साधनको दुर्घटनामा वृद्धि हुँदै गएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २१ अमलेखगञ्जमा पुन: सवारी दुर्घटना भएको छ । बाराको अमलेखगञ्जमा रहेको आयल निगमभन्दा अन्दाजी १०० मिटर दक्षिणतर्फ पार्किङ लाइनमा उक्त दुर्घटना भएको हो । अन्दाजी २३:४५ बजेको समयमा वीरगञ्जदेखि हेटौडातर्फ जाँदै गरेको बा प्र ०१ -० ३०च १३३७ नम्बरको कार र हेटौंडादेखि बीरगञ्जतर्फ आउँदै गरेको प्र २-०४ ००१-ख ००८१ नम्बरको मालवाहक ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा कारको दायाँपट्टि चक्काको साइड कुच्चिएको छ । उक्त दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ