बारा, जेष्ठ २८ गते ।
बाराको जीतपुरमा व्यक्तिगत परियोजनको लागि सार्वजनिक बाटो खनिएको छ । स्थानियहरुलाई दुख दिने नियतले मोमताज अंसारीले बाटो खनेको स्थानियहरुले बताएका छन् ।
मोमताज अंसारीका अनुसार आफ्नो निजि जमिन खन्ने क्रममा गल्तिले बाटो खनिएको बताउदै आएका छन्, तर स्थानियका अनुसार अंसारीले जानि जानि आफैले निर्देशन दिएर स्थानियहरुलाई दुख दिने नियतले बटो खन्न लगाएका थिए । प्रमाणका लागि स्थानियहरुले बाटो खन्दा बखतको भिडियो समेत बनाएका छन् ।
अंसारीको परिवारले स्थानियहरुलाई दुख दिने नियतले बाटो खनेर त्याहा शौचालयकबाट निस्कने फोहोर पानि खसालिरहेका छन् ।
अंसारीका परिवारले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ लक्ष्मि टोलको किता नम्बर ४४९५, ४४९६ र ४४९७ को बाटो आफ्नो भएको दावि गर्दै आएका छन् । स्थानियका अनुसार अंसारीले करिव ७ फिट सडकको जमिन कब्जा गरेर घर बनाएका छन् । मोमताज अंसारीले उपभोग गर्दै आएका जमिन उनको दिदि नैमुननेसाको नाममा रहेको छ ।
किता नम्बर ४४९५, ४४९६ र ४४९७ मा बनेको घरहरु भत्काउन सर्वोच्च अदालतले समेत २०७५ असार १२ गतेनै आदेश दिसकेको छ । तर हाल सम्म सर्वोच्चको आदेश कार्यन्वयन हुन सकेको छैन । सर्वोच्चले किता नम्बर ४४९५, ४४९६ र ४४९७ को बाटो जग्गाको खिचोला छोडाई टप घर भत्काइ बाटो कायम गराउन आदेश दिएको थियो । यस विषयमा सम्बन्धित निकाय मौन बसेका छन् ।