बाराकाे सिमरामा जेनजेड युवामाथि आक्रमणप्रति आम जनाता पार्टीको आपत्ति

बाराकाे सिमरामा जेनजेड युवामाथि आक्रमणप्रति आम जनाता पार्टीको आपत्ति

स्पर्श खबर जितपुर बारा मंसिर ४ गते:

सिमरा घटनामा जेनजेड युवामाथि एमाले गुण्हारूले गरेको कथित योजनाबद्ध आक्रमणप्रति आम जनता पार्टी, मधेश प्रदेश समितिले कडा आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष उमेश कुशवाहाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त आक्रमणलाई “निन्दनीय र आपराधिक” भन्दै तत्काल कारबाहीको माग गरिएको छ।

विज्ञप्तिमा एमाले पार्टीले देशमा दण्डहीनता र अव्यवस्थित गतिविधि बढाउँदै गएको आरोप लगाइएको छ। सोही दिन बाराको परवानीपुरमा आयोजित कठिय युवाका कार्यक्रमलाई व्यवस्थापन गर्ने क्रममा केही नेताहरूले आफ्नो गलत कार्य ढाकछोप गर्न जेनजेड युवामाथि दोषारोपण गर्ने, तर्साउने र उचाल्ने गतिविधि गरेको उल्लेख छ।

पार्टीले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने नेताहरूलाई समेत कारबाही गर्न माग गरेको छ। साथै, सिमरामा जेनजेड युवामाथि भएको आक्रमणको कठोर रूपमा भर्त्सना गर्दै घटनामा संलग्न दोषीहरूलाई तत्काल गिरफ्तार गरी कानूनी कारबाही अघि बढाउन सरकारलाई जोडदार माग गरेको छ।

आम जनता पार्टीले युवामाथिको हिंसा कुनै हालतमा स्वीकार्य नभएको भन्दै प्रदेशभरि सचेत र सङ्गठित रूपमा उभिन आग्रह गरेको छ।