क्रीकेट टीमको लागि जितपुरसिमरा उपमहानगर भित्र  खेलाडी छनौट गरिने

क्रीकेट टीमको लागि जितपुरसिमरा उपमहानगर भित्र  खेलाडी छनौट गरिने

मनाेज शाह जितपुर बारा माघ २२ गते:

जीतपुरसिमरा उपमहानगरपालिका वडा २४ मा हुन लागेको चौथो हरपुर क्रीकेट प्रतियोगिताको तयारी अहिले धमाधम भईरहेको छ।चौथो हरपुर क्रीकेट प्रतियोगीताको लागि हरपुर टिमको लागि खेलाडी छनौट गर्नु पर्ने भएकोले हरपुर क्रीकेट क्लबले सूचना जारी गरेर छ्नौट खेलमा सहभागी हुन उपमहानगर भित्र रहेका खेलाडीहरु संग अनुरोध गरेको छ।

पहिलादेखी नै हरपुर क्रीकेट क्लबले खेलाडी उत्पादन गर्दै आईरहेको हुनाले यस पाली उक्त टिम बाट चौथो हरपुर क्रीकेट च्याम्पियन ट्रफी खेल्नको लागि उपमहानगर भित्र क्रीकेट खेलिरहेको खेलाडिले समेत अवसर पाउने भएको छ।

हरपुर क्रीकेट क्लबले जिल्ला र प्रदेश लेभलमा समेत खेलाडी उत्पादन गरेर पठाउन सफल भएको र सोही अनुसार पुनः यहाँको खेलाडिले जिल्ला र प्रदेश बाट खेल्ने मौका पाउने उदेश्यले उपमहानगर भित्रका खेलाडिलाई छ्नौट गरेर एउटा टिम बनाउने क्लबका अध्यक्ष सेराजुल अन्सारीले बताए ।फाइल तस्बिर । प्रतियोगिता   अहिले मिति तोकिएको छैन भने प्रतियोगिता फागुनको दोश्रो सता देखि गरिने आयोजकले तयारी गरिरहेको छ।