चितवन प्रहरीद्धारा ४२ जना फरार अभियुक्त पक्राउ

सेयर गर्नुहोस्

चितवन, माघ १०

जिल्ला प्रहरी कार्यालय चितवनद्धारा ४२ जना फरार अभियुक्त पक्राउ गरिएको छ । देशको विभिन्न ठाँउबाट प्रहरीले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला अदालत चितवनबाट सजाय तोकिएका अभियुक्तलाई माघ ८ र ९ गते ्विभिन्न क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले बताउनु भयो ।

नियन्त्रणमा पर्नेमा लागुऔषध, सवारी ज्यान मुद्दा, चेक बाउन्स, कतव्य ज्यान मुद्दा लगायतका अभियुक्त रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिनु भयो । भण्डारीका अनुसार उनीहरुबाट ३० बर्ष ९ महिना २५ दिन कैद र ५ लाख २२ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ ।