बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुदा दुईको मृत्यु

सेयर गर्नुहोस्

बारा, पुष ७ गते ।

बाराको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १३ बलिरामपुरका २३ वर्षीय कुन्दन मेहता र कलैया उपमहानगरपालिका १२ शितलपुरका २२ वर्षीय अभिमनु कुशवाहा रहेका छन् । कुन्दन वडाध्यक्ष राजेश मेहताका छोरा हुन् ।

कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र.०३-०३० प ४३९८ नम्बरको मोटरसाइकल राति करिब १२ बजे पुलमा ठोक्किएर दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपानेका अनुसार कुन्दनको एलएस न्युरो अस्पताल र अभिमनुको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।