चितवनको माडीमा मोटरसाइकल दुर्घटनमा परि वडा सदस्य लुईंटेल मृत्यु

सेयर गर्नुहोस्

चितवन, मंसिर ३० गते ।

चितवन जिल्लको माडी नगरपालिकामा सवारी दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ । शनिवार साँझ करिब छ बजेको समयमा माडी नगरपालिकाको वडा नम्बर १ गर्दीमा सवारी दुर्घटना हुदा सोही नगरपालिकाको वडा नम्बर २ का वडासदस्य जीवलाल लुईंटेलको मृत्यु भएको हो ।

वडा सदस्य सवार बा.प्र. ०३ ०४प ८९१७ नम्बरको मोटरसाइकल बनकट्टाबाट बरुवातर्फ आउँदै गर्दा विपरीत दिशातर्फ गाइरहेको एक सवारीले ठक्कर दिएको थियो । दुर्घटनामा वडा सदस्य लुईंटेलको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिएको सवारी साधन ट्रयाक्टर हुनसक्ने माडी प्रहरीको अनुमान छ । ठक्कर दिने सवारी साधनको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको छ । लुइँटेल नेपाली कांग्रेसबाट माडी नगरपालिका वडा नम्बर २ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।