बारा, मंसिर ३० गते ।
मालपोत कार्यालय सिमराको मिलामतोमा परिवारका एक जना अंशियारलाई करोडौँको जग्गाबाट बार्हिगमन गरी अंशबण्डा गरिएको समाचार पाप्त भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ निवासी ३६ बर्षिय संगीतादेवी चौधरीले यस्तो किर्ते कार्य गर्ने मालपोत कर्मचारी र लेखापढी ब्यवसायीलाई कारवाहीको माग गरेकी छिन ।
आमा सुकिया देबी थरुनीलाई आफना अरु बहिनीहरुले ललाईफकाई गरी लेखापढी ब्यवसायी र मालपोत कर्मचारीको मिलामतोमा करोडौँको जग्गाबाट बञ्जित गर्ने प्रयास गरेको पिडित संगीतादेवी चौधरीले आरोप लगाईन् । छोरा नभएका ६५ बर्षिय सुकिया देवीको पाँच जना छोरीहरु मात्र रहेका छन् ।
संगीता पाँच जना छोरीहरुमध्ये जेठी सन्तान हुन् । उपमहानगरपालिका वडा नं.९ छातापिपरामा सुकिया देबीको नाममा राजमार्गसँग जोडिएको किता नं.३१३ मा १० कठ्ठा ७ धुर ८ कनवा जग्गा रहेको छ । सो जग्गा पाँच जना बिवाहित छोरीहरुमा अंश बन्डा गर्दा बराबर बाड्नुपर्ने हो । तर जेठी छोरी संगीतालाई थाह नै नदिई वेवास्ता गर्दै चार जना छोरीलाई मात्र बाँडेको देखिएको छ ।
उक्त जग्गा चल्न चल्तीमा प्रति धुर ३ लाख देखि ३ लाख ५० हजारसम्ममा बिक्रि बितरण भइरहेको स्थानीय बताउँछन् । पिडित संगीताले जग्गाको लेखत प्रमाणित प्रतिलिपी मागको निबेदन दर्ता गराउँन जाँदा मालपोत कर्मचारीले आलटाल गरी दर्ता गर्न नचाहेको दुखेसो गरिन् । लामो प्रयासपछि मात्र दर्ता गरेको जानकारी दिईन् ।
यता मालपोत कार्यालय सिमराका सूचना अधिकारी अधिकृत पल्बी कुमारी कर्णले एक जना छोरीलाई जग्गाबाट बञ्चित गर्ने कुरामा आफना मालपोत कर्मचारीहरुको कुनै दोष नभएको बताएका छन ।
आफनै आमाले मेरो ४ जना मात्र सन्तान छन् भनेपछि ,अरुको कसरी दोष भो भनेर प्रति प्रश्न गर्नुभयो । आमा वा बुवाको स्व.घोषणामै छोराछोरीहरुको निर्धारण गरी अंश बन्डा गर्ने गरेको बताउँनुभयो ।
सुचना अधिकारी अधिकृत कर्णले यस बिषयमा जानकारी हुन साथ आफुहरुले जग्गाको लाल पुर्जा बन्ने कार्यलाई रोकेको जानकारी दिनुभयो । उनले भन्नु भयो,हामीले उहाँहरुलाई तपाईहरु मिलेर आउँनुस अनि मात्र लाल पुर्जा बन्छ भनेर पठाएका छौ ।