बाराको जीतपुरमा चोरीको घट्ना बढ्दो, एकैदिन दुइ पसलमा चोरी कयौमा टोडफोडको प्रयास

सेयर गर्नुहोस्

बारा, मंसिर २७ गते ।

बाराको जीतपुरमा चोरीको घट्ना बढ्दो क्रममा छ । चोरीको घट्ना बढदै गएपछि जीतपुरका व्यापारीहरु त्रसित बन्दै गएका छन् ।

हिजो रातिको समयमा जीतपुर बजारमा उमेस प्रसादको जुता चपल पसल र सेशनाथ साहको घडि पसलमा चोरी भएको छ । उँहाहरुको पसल संगै जीतपुर बजारमा अन्य कयौ पसलको ताल्चा तोडफोड गर्ने प्रयास गरिएको पाइएको छ ।

उमेस प्रसादको जुता चपल पसल र सेशनाथ साहको घडि पसलमा अन्दाजी २ लाख रुपैया बराबरको चोरी भएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरिले बताउनु भयो ।

यस अघि जीतपुर बजारबाट साईकल, मोटरसाईकल सहित घरमा चोरी भएको घट्ना बाहिरिएको थियो । जीतपुर बजारमा दिनहु चोरीको घट्ना बाहिरिए पनि प्रशासनद्धारा ठोस कदम चालिएको छैन ।

जीतपुरका एक व्यापारीका अनुसार रातिको समयमा गस्तिमा खटिएको प्रहरीहरु एकै ठाँउमा मोबाईल खेलाएर बसेका हुन्छ । गस्तिमा खटेको गस्ति टोली इमानदारीका साथ ड्युटि खटिदिए जीतपुरमा चोरी सहित अन्य कुनै घट्ना नघट्ने उनले बताए ।