बाराकी २० वर्षिय मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा सन्तान

सेयर गर्नुहोस्

बारा, मंसिर २५ गते ।

बाराकी एक २० वर्षिय महिलाले तिम्ल्याही बच्चा जन्माएकी छिन् । विरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी हुन्।

बाराको कलैया उपमहानगरपालिका– १६ मझौलिया घर भएकी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन् । मिन्कुले शल्यक्रियामार्फत तीन बच्चा जन्माएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दीप्ति यादवले बताइन्। आमा सुरक्षा कार्यक्रमअन्र्तगत मिन्कुको निशुल्क शल्यक्रिया गरिएको थियो ।

डा. दीप्ति यादवका अनुसार तीन सन्तानमध्ये दुई छोरा र एक छोरी छन् । तिन बच्चा मध्येको एक छोरा १.८ केजी, छोरी १‍.८ केजीको र अर्को छोरा १‍.५ केजी वजनको रहेको छ ।

शल्यक्रियामार्फत बच्चा जन्माएकी आमा र बच्चा सबैको स्वास्थ्य अवस्था राम्रो रहेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. यादवले बताइन्।