चितवनको माडीमा बोलेरोले मोटरसाइकला ठक्कर दिँदा दुई जनाको मृत्यु

सेयर गर्नुहोस्

चितनव, मंसिर २३-

चितवनको माडीमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ । शनिवार साँझ करिब ६ बने माडी नगरपालिकाको बरुवा स्थित चिताई खोलाको पुलमा बोलेरोले मोटरसाइकलालाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।

लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शिक्षक बेगबहादुर खत्री र सुर्य अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा एक जना घाईते पनि भएका छन् ।

बेलेरोको ठक्करबाट गभ्भिर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारको क्रममा मृत्यु थियो भने अधिकारीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक खत्रीले माडीको सोमेश्वर माध्यमिक विद्यालयमा पढाउँदै आएका थिए । मृतक खत्रि सुर्खेतको सिन्ता गाउँपालिका ३ आग्रीगाउँ निवासी हुन् । यस्तै मृत्यु हुने अधिकारी विद्यालयका लेखापाल हुन् ।

मोटरसाइकलमा सवार सोही विद्यालयका शिक्षक भुवानी पौडेल घाइते भएका छन् । पौडेलको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिने बोलेरोका चालकलाई पक्राउ गरि घट्नाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनकारी दिएको छ ।