बाराको जीतपुरमा भारतीय ट्रकबाट ठुलो मात्रामा गाँजा बरामद

बारा, असार १४ गते ।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरबाट बिहिवार नेपाल प्रहरीले करीब २ सय ६२ किलो गाँजा बरामद गरेको छ ।

विषेश सुचनाको आधारमा हेटौँडाबाट विरगञ्ज तर्फ जादै गरेको वि.आर. २५ जि.ए १४५८ नम्बरको भारतीय गाडिलाई खानतलासी गर्दा गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुर र सिमराबाट खटेको टोलीले सो गाडीमा शंका लागि खानतलास गर्दा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको ९ वटा पोका फेला परेपछि गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरिक्षक प्रदिप क्षेत्रीले बताउनु भयो ।

बरामद गाँजा र ट्रक नियन्त्रणमा लि गाडी चालकको खोजी भैरहेको प्रहरी नायव उपरिक्षक क्षेत्रीले बताउनु भयो ।

यसरी पक्राउ पर्यो गाँजा:
हेटौँडा तिर बाट विरगञ्ज तर्फ जादै गरेको एक भारतीय गाडीमा ठोलो मात्रामा गाँजा गैरहेको प्रहरीलाई विषेश सुचना मिल्छ । सुचना मिल्नासाथ ईलाका प्रहरी कार्यालय सिमराले उक्त गाडी खोज्दै जादा एउटा ट्रकमाथी संका लाग्छ ।

संका लागेको ट्रकलाई प्रहरीले पछ्याउछ, ट्रकको चालकलाई प्रहरीले गाडी पछ्याएको आशंका लाग्छ र चालकले जीतपुर हुदै छातापिपरा पुगिसकेको गाडी पुन: जीतपुर तिर फर्काउछ र ट्रक ईलाका प्रहरी कार्यालय जीतपुको अगाडी छोडेर चालक फरार हुन्छ ।

चालकले सडकमै अलपत्र छोडेर भागेको गाडी खानतलासी गर्दा त्यसबाट गाँजा बरामद भएको थियो ।