विद्यालयमै ‘विपद् उद्धार’ पाठ्यक्रम समावेश गर्ने पहल सुरु

विद्यालयमै ‘विपद् उद्धार’ पाठ्यक्रम समावेश गर्ने पहल सुरु
मनाेज शाह जितपुर बारा चैत १७ गते:

गृहमन्त्री सुधन गुरुङ ले सशस्त्र प्रहरीका प्रमुख आइजीपी राजु अर्याल सँगको छलफलका क्रममा बालबालिकालाई सानै उमेरदेखि नै जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गरिएको बताएका छन्।
उक्त कार्यक्रम कार्यान्वयनका लागि सशस्त्र प्रहरी बल नेपाल लाई आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिइएको छ। गृहमन्त्री गुरुङले शिक्षा मन्त्रालयसँग समन्वय गरी योजना प्रभावकारी रूपमा अघि बढाइने पनि स्पष्ट पारे।
प्रस्तावित कार्यक्रममार्फत विद्यार्थीहरूलाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने उपाय, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ। यसले बालबालिकालाई व्यवहारिक ज्ञानसहित आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।