जितपर बजारमा दुई मिनेटको वर्षा, सडक जलमग्न: स्थानीय सरकारसँग तत्काल समाधानको माग

बजारमा दुई मिनेटको वर्षा, सडक जलमग्न — स्थानीय सरकारसँग तत्काल समाधानको माग

मनाेज शाह जितपुर बारा फागुन ३० गते :
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर अन्तर्गत पर्ने गुदरी बजार तथा मीना बजार क्षेत्रमा सामान्य वर्षा हुँदा समेत सडक जलमग्न हुने समस्या बढ्दै गएको छ। केवल दुई मिनेट पानी पर्दा पनि बजार क्षेत्रका सडकहरूमा पानी जमेर हिँडडुल गर्नै कठिन हुने अवस्था सिर्जना भएको स्थानीय व्यापारी सराेज साहले बताएका छन्।
गुदरी बजार तथा मीना बजार व्यवस्थापन समितिका सचिव मुकेश शाह ले आफ्नो फेसबुकमार्फत बजार क्षेत्रको समस्या सार्वजनिक गर्दै वर्षायाम नजिकिँदै गर्दा सम्बन्धित निकाय अझै मौन रहेको बताएका छन्। उनका अनुसार नाला सफा नगरेको र पानी निकासको उचित व्यवस्था नभएकै कारण बजार क्षेत्रमा बारम्बार पानी जम्ने समस्या दोहोरिँदै आएको छ।
सडकभरि पानी जमिरहँदा बजारमा हिँडडुल गर्न कठिन हुने मात्र होइन, लामखुट्टे बढ्ने र डेंगु लगायतका रोगको जोखिम पनि बढ्ने खतरा रहेको स्थानीयले बताएका छन्। समयमै ध्यान नदिइए नागरिकको स्वास्थ्य र सुरक्षामाथि गम्भीर असर पर्ने उनीहरूको चिन्ता छ।
यसैबीच बजार क्षेत्रका व्यवसायीहरूले स्थानीय सरकार, वडा कार्यालय तथा सम्बन्धित निकायलाई तत्काल नाला सफा गर्न, उचित पानी निकासको व्यवस्था मिलाउन र बजार क्षेत्रको समस्या समाधान गर्न गम्भीर पहल गर्न माग गरेका छन्। साथै व्यवसायीहरूले आफूहरूको समस्यालाई बेवास्ता नगरी छिटो समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका