जितपुरसिमरा उपमहानगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम, २७ जनाले गरे रक्तदान
स्पर्श खबर जितपुर बारा फागुन २६ गते:
जितपुरसिमरा उपमहानगरपालिकाको दशौँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्। सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय युवाहरु तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रमले आपतकालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। आयोजकका अनुसार स्थापना दिवसका अवसरमा यस्ता सामाजिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।