भारती चोक कि चौधरी चोक ? डुबरवानामा नामकरण विवाद, प्रहरी कार्यालयमा छलफल

भारती चोक कि चौधरी चोक ? डुबरवानामा नामकरण विवाद, प्रहरी कार्यालयमा छलफल

मनोज साह जितपुर बारा फागुन २६ गते:


जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुबरवाना स्थित एक चौकको नामकरणलाई लिएर स्थानीय दुई समुदायबीच विवाद उत्पन्न भएको छ।
आज बिहान करिब १० बजेदेखि सुरु भएको विवादमा एक पक्षले उक्त स्थानको नाम “भारती चोक” राख्नुपर्ने माग गरिरहेको छ भने अर्को समुदायले “चौधरी चोक” हुनुपर्ने अडान लिएको छ।
दुवै पक्षबीच विवाद बढ्ने अवस्था देखिएपछि स्थिति नियन्त्रणमा लिनका लागि इलाका प्रहरी कार्यालय सिमरामा दुवै समुदायका प्रतिनिधिहरूलाई राखेर छलफल भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय स्तरमै सहमति खोज्दै विवाद समाधान गर्ने प्रयास भइरहेको र हाल अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।