देश विकास र भ्रष्टाचारविरुद्धको अभियानका लागि बारा–४ बाट उम्मेदवारी दिएको हुँ : सर्वेन्द्र खनाल

देश विकास र भ्रष्टाचारविरुद्धको अभियानका लागि बारा–४ बाट उम्मेदवारी दिएको हुँ : सर्वेन्द्र खनाल

स्पर्श खबर जितपुर बारा माघ ८ गते।
समुन्द्र नेपाल पार्टीका केन्द्रीय अध्यक्ष सर्वेन्द्र खनालले आफू इन्सपेक्टर भएर यस भेगमा कार्यरत रहँदादेखि नै बारा क्षेत्र नम्बर ४ मा निरन्तर काम गर्दै आएको बताउनुभएको छ।

तस्करी नियन्त्रण, ढिलासुस्ती तथा अपराध अनुसन्धानदेखि लिएर पीडित र समाजमा रहेका विभिन्न सामाजिक कार्यहरूमा सक्रिय भूमिका खेलेको उहाँको दाबी छ।
खनालले यसपटक बारा जिल्ला क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको जानकारी दिनुभयो। आफ्नो उम्मेदवारीको कारण स्पष्ट पार्दै उहाँले नेपालमा विकासको नाममा धेरै पार्टीहरूले भ्रष्टाचार मात्र गरेको आरोप लगाउनुभयो। देश र जनताको वास्तविक विकासका लागि इमानदार नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ।


यहाँका जनताका आवश्यकता र मागलाई ध्यानमा राखेर मैले बारा–४ बाट उम्मेदवारी दिएको हुँ,” खनालले भन्नुभयो, “जनताको भरोसा र साथ पाएमा विकास, सुशासन र न्यायका लागि दृढतापूर्वक काम गर्नेछु।”
उहाँले आफ्नो अनुभव र प्रतिबद्धताका आधारमा क्षेत्रको समग्र विकास र जनताको समस्याको समाधानमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।