पूर्वमन्त्री किसान श्रेष्ठद्वारा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता

पूर्वमन्त्री किसान श्रेष्ठद्वारा बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता


मनोज शाह जितपुर बारा माघ ६ गते: नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि श्रेष्ठले मंगलबार जितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन्। मनोनयन दर्ताका क्रममा उनी ठूलो संख्यामा समर्थक, बाजागाजा र र्‍यालीसहित उत्साहपूर्ण वातावरणमा निर्वाचन कार्यालय पुगेका थिए।
बारा–४ का निर्वतमान संघीय सांसदसमेत रहेका श्रेष्ठले मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यसपटक पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। उनले यस क्षेत्रको विकासका लागि आफूले सुरु गरेका तर अधुरा रहेका योजनाहरू पूरा गर्न जनताले पुनः आफूलाई नै विजयी गराउने विश्वास व्यक्त गरे।