एमालेले टुङ्गायो बाराका उम्मेदवार

एमालेले टुङ्गायो बाराका उम्मेदवार
स्पर्श खबर जितपुर बारा माघ ४ गते।
नेकपा एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट अच्युत मैनालीलाई उम्मेदवार बनाउने भएको छ। एमालेको आज बसेको सचिवले कमिटीको बैठकले बारा सहित देशभरिबाट उम्मेदवारहरूको अन्तिम टुंगो लगाएको छ। एमाले श्रोतका अनुसार बारा क्षेत्र नं २ बाट सो पार्टीले बलबिर चौधरी क्षेत्र नम्बर ३ मा ज्वाला शाह र क्षेत्र नम्बर ४ बाट किसान श्रेष्ठले उम्मेदवार बनाउने निर्णय गरेको हो।