🔴 ब्रेकिङ न्युज : जितपुरमा विद्युतीय स्क्यानर ठगी गर्दै गरेका दुई जना पक्राउ
मनोज शाह जितपुर बारा पुष २७ गते . जितपुर बजार क्षेत्रमा विद्युतीय स्क्यानर प्रयोग गरी ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय जितपुरमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारी अनुसार पक्राउ परेका व्यक्तिहरूले कृष्ण मोबाइल सेन्टरको पसलमा स्क्यानर प्रयोग गरी ठगी गर्ने प्रयास गरिरहेका बेला स्थानीयको सहयोगमा समातिएका हुन्। कृष्ण मोबाइल सेन्टरका सञ्चालकका अनुसार उनीहरू शंकास्पद गतिविधिमा संलग्न देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।
त्यसैगरी, जितपुरका अन्य विभिन्न पसलहरूमा पनि ती व्यक्तिहरूले यसअघि यस्तै किसिमको ठगी गरेको आशंका व्यवसायीहरूले व्यक्त गरेका छन्। केही पसलधनीहरूले आफूहरू पनि यस्ता स्क्यानर ठगीको शिकार भएको दाबी गरेका छन्।
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र थप पीडितहरू पहिचान गर्ने कार्यसमेत अगाडि बढाइएको जनाएको छ।
यस घटनाले जितपुर बजार क्षेत्रका व्यापारीहरूलाई सतर्क रहन आग्रह गरिएको छ। इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रमोद शाहले भने दुवै व्यक्तिलाई हामी अनुसन्धान गर्दैछौं ।
ब्रेकिङ न्युज : जितपुरमा विद्युतीय स्क्यानर ठगी गर्दै गरेका दुई जना पक्राउ


