बाहिरबाट ल्याइएका होइनन्, यहीँ हुर्किएका नेतृत्व – बारा क्षेत्र नम्बर ४ मा विनय गुप्ताको दाबी

बाहिरबाट ल्याइएका होइनन्, यहीँ हुर्किएका नेतृत्व – बारा क्षेत्र नम्बर ४ मा विनय गुप्ताको दाबी
मनोज शाह जितपुर बारा पुस २७ गते
“प्रयोगशाला होइन, बारा क्षेत्र नम्बर ४ को माटोबाट जन्मिएको उम्मेदवार” भन्दै जय घण्टी चुनाव चिन्हका सम्भावित युवा उम्मेदवार विनय कुमार गुप्ता ले आफ्नो दाबी सार्वजनिक गरेका छन्।
बारा जिल्लाको पर्सौनी गाउँपालिका वडा नम्बर २ निवासी विनय कुमार गुप्ता विक्रम संवत् २०५१ सालमा जन्मिएका हुन्। सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका गुप्ताले विभिन्न संघ–संस्थामार्फत शिक्षा, युवा सशक्तिकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा योगदान गर्दै आएका छन्।
स्थानीय समाजसेवी सुमित गुप्ताका अनुसार विनय गुप्ता सानैदेखि आफ्नो व्यापार व्यवसायमा आत्मनिर्भर हुँदै सबल युवा नेतृत्वको रूपमा परिचित छन्। उनले समाजका विभिन्न समस्या बुझ्दै समाधानका लागि अग्रसर रहँदै आएको पनि बताए।
यसैबीच, विनय गुप्ताले आफ्नो फेसबुक स्टाटस मार्फत लेख्दै
“म बाहिरबाट ल्याइएको होइन, यही क्षेत्रको माटोमा हुर्किएको सन्तान हुँ। क्षेत्र नम्बर ४ लाई प्रयोगशाला होइन, आफ्नै माटोबाट जन्मिएको नेतृत्व चाहिन्छ” भनी उल्लेख गरेका छन्।
उनको यो अभिव्यक्तिलाई बारा क्षेत्र नम्बर ४ मा नयाँ पुस्ताको नेतृत्वको आवाजका रूपमा हेरिएको छ। स्थानीय युवाहरूबीच विनय गुप्ताको सक्रियता र सामाजिक योगदानका कारण उनको चर्चा बढ्दै गएको छ