हुलास स्टील उद्योगमा मजदूर आन्दोलनपछि तीन बुँदे सहमति, अवस्था सामान्य

हुलास स्टील उद्योगमा मजदूर आन्दोलनपछि तीन बुँदे सहमति, अवस्था सामान्य

मनोज साह जितपुर बारा पुष १ गते:

जीतपुर सिमरा–१ स्थित हुलास स्टील इन्डस्ट्रिज लिमिटेडमा आज बिहान १०:३० बजेदेखि दुई जना ‘कन्ट्याक्ट’मा कार्यरत मजदूरलाई कामबाट हटाइएको विषयलाई लिएर करिब २०० जना मजदूरले कार्यालय घेराउ गरेका थिए।

प्रशासन प्रमुख रविन्द्र पण्डितले दुई जना मजदूरलाई हटाएपछि उत्पन्न विवादका कारण उद्योग परिसर तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा राख्न उद्योगको कार्यकक्ष परिसरभित्र कम्पनीका ट्रेड युनियन अध्यक्ष प्रदीप गिरी, डीएसपी बेद प्रकाश जोशी लगायत सरोकारवालाबीच छलफल गरिएको थियो।

लगभग १४:५५ बजे सम्पन्न छलफलबाट तीन बुँदे सहमति भएपछि आन्दोलनरत मजदूरहरू तितरबितर भएका छन्। सहमति अनुसार
१) निष्कासित मजदूरको पुनर्बहालीका लागि प्रधान कार्यालयसँग पत्राचार तथा समन्वय गर्ने,
२) ३० जना कामदारलाई नियमित काममा लगाउने,
३) थप ३० जना कामदारलाई दैनिक ज्यालादारीमा काम दिने निर्णय गरिएको छ।

तीन बुँदे सहमतिसँगै उद्योग क्षेत्रमा उत्पन्न असहज अवस्था सामान्य बनेको प्रशासनले जनाएको छ।