स्पर्श खबर जितपुर बारा जेठ ११ गते:
: प्रहरीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बाट चेक अनादर मुद्दा,कुटपिट मुद्दा र अपराधिक लाभ कसुर मुद्दामा फरार रहेका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वडा नम्बर ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बारा जिल्ला अदालतल् चेक अनादर मुद्दामा रु तीन हजार,कुटपिट मुद्दामा रु दुई हजार र अपराधिक लाभ कसुर मुद्दामा रु एक हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेपछि उनी फरार भएका थिए।
ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले उनलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले उनलाई पक्राउ गरी आवशयक कारवाहीको लागि बारा जिल्ला अदालतमा बुझाएको छ ।


