नमुना माविमा सामाजिक परीक्षण: शिक्षा सुधारमा सामूहिक प्रतिबद्धता

नमुना माविमा सामाजिक परीक्षण: शिक्षा सुधारमा सामूहिक प्रतिबद्धता

मनाेज शाह जितपुर बारा चैत २८ गते:
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ। सभाध्यक्ष कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र चौधरीसहित विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक, अभिभावक, शिक्षा प्रेमी तथा युवा समाजसेवीहरूको सक्रिय सहभागिता देखिएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल धनञ्जय गौतमले गर्नुभएको थियो।
छलफलका क्रममा कालिका ढकाल, डमरु कामी र राजेन्द्र प्रसाद चौधरीले विद्यालयको शैक्षिक, आर्थिक तथा प्रशासनिक पक्षबारे धारणा राख्दै सुधारका लागि महत्वपूर्ण सुझाव दिएका थिए।
आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका गतिविधिहरूमाथि विस्तृत समीक्षा गरिएको कार्यक्रममा सहभागीहरूले गुणस्तर सुधार, पारदर्शिता र प्रभावकारी व्यवस्थापनमा जोड दिएका थिए।
सभ्य र भव्य वातावरणमा सम्पन्न उक्त कार्यक्रमले विद्यालयको समग्र विकासका लागि सकारात्मक सन्देश दिएको छ।