लाखौँको लगानीमा ‘द जितपुर रेस्टुरेन्ट एण्ड कफीबार’ सञ्चालनमा आउँदै
मनाेज शाह जितपुर बारा माघ २४ गते:
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जितपुर तरकारी बजारको बाबा मार्केटमा ‘द जितपुर रेस्टुरेन्ट एण्ड कफीबार’ सञ्चालनमा आउने भएको छ।

लाखौँ रुपैयाँको लगानीमा आधुनिक शैली र आकर्षक डिजाइनसहित उक्त रेस्टुरेन्ट तथा कफीबार बाबा मार्केटको दोस्रो तलामा खुल्न लागेको हो।
सञ्चालक लालबाबु रौनियारका अनुसार ग्राहकको चाहना र सुविधालाई मध्यनजर गर्दै रेस्टुरेन्टलाई व्यवस्थित व्यवस्थापन, सफा वातावरण र आरामदायी बसाइको अवधारणामा तयार गरिएको छ। रेस्टुरेन्टमा विभिन्न स्वादका परिकार, कफी तथा पेय पदार्थ उपलब्ध हुनेछन् भने विशेषगरी मिटिङ हलको समेत व्यवस्था गरिएको उनले जानकारी दिए।

स्थानीय व्यवसाय, युवा रोजगारी र सामाजिक भेटघाटको केन्द्रका रूपमा ‘द जितपुर रेस्टुरेन्ट एण्ड कफीबार’ लाई विकास गर्ने लक्ष्य रहेको सञ्चालक रौनियारले बताए। चाँडै औपचारिक रूपमा उद्घाटन गरी सेवा सुरु गरिने तयारी भइरहेको जनाइएको छ।


