पर्सा–२ मा सन्तोष पटेलको सक्रियता, घरदैलो र बृहत छलफलमा जनउत्साह”
मनोज शाह जितपुर बारा माघ १७ गते:
पर्सा जिल्ला क्षेत्र नं २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं २९ का बसडिलवा र रतनपुर तथा पर्सागढी नगरपालिका वडा नं ३ पारस चौक र वडा नं ६ बागेश्वरी तितरौनामा भावी योजनाबारे बृहत छलफल सम्पन्न भएको छ। त्यस्तै, वडा नं ८ हरपुरमा आज घरदैलो कार्यक्रम आयोजना गरियो।
“हर हर कमल, घर घर कमल” नाराका साथ सम्पन्न कार्यक्रममा युवा, महिला र विद्यार्थीलाई उच्च सम्मान गरिएको थियो। सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज, शिक्षा–स्वास्थ्य–सुशासन, विकास–सुरक्षा र रोजगारीमार्फत क्षेत्रको समृद्धि लक्ष्यसहित नेपाल जनता पार्टी पर्सा क्षेत्र नं २ का उम्मेदवार सन्तोष पटेलप्रति जनतामा उत्साह देखिएको छ।
पर्सा–२ मा सन्तोष पटेलको सक्रियता, घरदैलो र बृहत छलफलमा जनउत्साह”


