प्रेस चौतारी नेपाल बारा जिल्लाको भेला सम्पन्न, एमालेको एकताको संदेश
मनोज शाह जितपुर बारा माघ १७ गते:
प्रेस चौतारी नेपाल, बारा जिल्लाको जिल्ला भेला सफलतापूर्वक सम्पन्न भएको छ। सञ्जालबाट नेपाल बाराका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। भेलामा बारा क्षेत्र नम्बर १ का पूर्व माननीय अच्युत मैनाली, क्षेत्र नम्बर २ का उम्मेदवार बलवीर चौधरी, क्षेत्र नम्बर ३ का पूर्वमन्त्री ज्वाला शाह तथा क्षेत्र नम्बर ४ का उम्मेदवार पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आ–आफ्नो धारणा राख्दै चारै क्षेत्र जितेर बारा जिल्लालाई लालकिल्ला बनाउने लक्ष्यका साथ प्रेस चौतारी नेपालका सदस्यहरूलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री ज्वाला शाहले नेकपा एमाले देश र जनताको हितमा निरन्तर काम गर्ने पार्टी भएको उल्लेख गरे। क्षेत्र नम्बर ४ का उम्मेदवार किसान श्रेष्ठले हरेक जनजाति तथा समुदायका हक–अधिकारको पक्षमा बुलन्द आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पार्टीका एजेन्डाहरू जनताको माझ पुर्याउने आवश्यकता औंल्याउँदै, देश बचाउन र विकास गर्न नेकपा एमाले नै विकल्प भएको बताए।
भेलामा प्रेस चौतारी नेपालका विभिन्न पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रममा एकताको संदेश थप बलियो बनाएको थियो।
प्रेस चौतारी नेपाल बारा जिल्लाको भेला सम्पन्न, एमालेको एकताको संदेश


