पावर प्लेमा नेपालको २ विकेट पतन

काठमाडौं : मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावर प्लेमा २ विकेट गुमाउँदै ४३ रन बनाएको छ। नेपालका ओपनर ब्याटर कुशल भुर्तेल १३ बलमा २६ रन बनाउँदै ३.२ ओभरमा स्टम्पिङ भए। नेपालले ३० रन बनाउँदा पहिलो विकेट गुमायो। उनलाई डी वार्डनले विकेटकिपरको हातबाट स्टम्पिङ गराए।

नेपालले दोस्रो विकेटको रुपमा भिम सार्कीलाई गुमायो। वान डाउन आएका सार्की ३.६ ओभरमा १ रन बनाउँदै एलबीडब्ल्यू आउट हुँदै पेभेलियन फर्किए। उनलाई वार्डनले एलबीडब्ल्यू गराउँदै पेभेलियन पठाएका हुन्।

ओपनर आसिफ शेखले १० रन र कप्तान रोहित पौडेल ४ रन बनाएर क्रिजमा खेलिरहेका छन्। नेपालले पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन र बंगलादेश ए सँग ३२ रनको हार बेहोरेको थियो। नेपाल पहिलो जितको खोजीमा रहेको छ।सभार आन्पुर्णा पाेष्ट।