दाङको राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, १७ जना घाइते

काठमाडौं, पुस २८- दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा कम्तिमा १२ जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी…

Read More

सन्दीप लामिछानेलाई ८ वर्ष कैद र पीडितलाई ५ लाख क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं,पुस २५- काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो । उनलाई आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति घराउनुपर्ने आदेश गरेको छ । न्यायाधीश शिशिरराज ढकालको…

Read More

बमजनको घरबाट ३ करोड ३० लाख नगद र १५ वटा मोबाइल बरामद

काठमाडौं, पुस २५- तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ। ‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो। तीन करोड तीस लाख ७५ हजार रहेछ।…

Read More

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपमाथि आज सजाय तोकिने

काठमाडौँ पुस २५- बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो । तीन वर्ष वा सोभन्दा…

Read More

तराईमा हुस्सु र कुहिरो, पहाडी भेगमा बदली

काठमाडौं,पुस २३- देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने…

Read More

टी–२० विश्वकपको खेलतालिका सार्वजनिक‚ नेपाल समूह ‘डी’मा

काठमाडौँ,पुस २१– नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज (शुक्रवार) खेल तालिका र समूह सार्वजनिक गरेको हो। सार्वजनिक भएको तालिकाअनुसार नेपाल समूह ‘डी’मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश…

Read More

ओली भेट्न लामिछाने पुगे बालकोट

काठमाडौँ, पुस २०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालकोट पुगेका छन् । आज (शुक्रबार) सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओली र सभापति लामिछानेबिच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन ।

Read More

आज उल्का वर्षा हुने,अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले हेर्न मिल्ने

काठमाडौं,पुस १९- उल्का वर्षा आज हुने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज हुन लागेको हो । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ । “ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा…

Read More

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

काठमाडौँ, पुस १४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा…

Read More

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं,पुस १३- जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका…

Read More