दक्ष चिकित्सहरु पलायन हुदै,भोलीको दिनमा राम्रो स्वास्थ्य उपचारमा समस्या आउने– डा.सिंह

दक्ष चिकित्सहरु पलायन हुदै,भोलीको दिनमा राम्रो स्वास्थ्य उपचारमा समस्या आउने– डा.सिंह

स्पर्श खबर जितपुर बारा बैशाख २९ गते:
नेपालमा दक्ष जनशक्ति चिकित्सहरु पलायन भईरहेकोले भोलीको दिनमा राम्रो स्वास्थ्य उपचार सेवामा समस्या आउने वरिष्ठ फिजिसियन डा निरज कुमार सिंहले बताउनु भएको छ ।

वीरगञ्जमा पहिलो पटक प्रकाशनमा आएको पब्लिक हेल्थ स्टोरी स्वास्थ्य पत्रिको बिमोचन गर्दै डा.सिंहले नेताहरु केवल खरिद प्रक्रियामा धेरै संलगन भएको देख्दा निकै दुख लागेको बताउनु भएको छ ।

बिकासको नाममा केवल रोड र नाला बनाउने काम भएकोले शिक्षा तर्फ बिशेष लाग्ने वहाँले सबैमा अनुरोध पनि गर्नु भयो ।

नेपाल चिकित्स संघका केन्द्रिय उपाध्यक्ष तथा मधेश संयोजक रहेका सिंहले स्वाथ्यमा देखिएका बिकृति मिटाउन पब्लिक हेल्थ स्टोरी पत्रिका सक्रिय हुनेमा समेत शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमका अर्का वक्ता तथा बरिष्ठ पत्रकार महेश दासले आफुले गरेको तिन दशको सक्रिय पत्रकारीबाट हट्ने र राजनितिबाट समाज परिवार्तनको काममा लाग्ने बताउनु भयो ।

पत्रिका बिमोचन समारोहलाई सम्बोधन गर्दै पत्रकार दासले स्वास्थ्य पत्रिका वीरगञ्जबाट प्रकाशन सुरु भएकोमा आफनो सपना पुरा भएकोमा धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भयो ।

नेकपा एमालेको पर्सा सचिवमा निर्वाचित भएकोमा अबको दिनमा राजनितिमा सबै साथको अपेक्षा गरेको पनि बताउनु भयो ।
यसै गरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले मोफसलमा बिट पत्रकारिताको सुरुबात भएकोमा खुशि व्यक्त गर्नु भयो ।

स्वास्थ्य पत्रिकाको सुरुवातले स्वास्थ्य समाचारले प्राथ्मीक्ता पाउने पनि तिवारीले बताउनु भयो ।

हाल वीरगञ्जमा आर्थिक खेलकुद,चलचित्र, स्वास्थ्य,शिक्षा तथा पर्यटन पत्रकारीलगायतको बिटमा पत्रकारी हुनु निकै राम्रो संकेत भएको पनि बताउनु भयो ।

वीरगञ्जको मधेश बिश्व बिद्यालयमा आयोजना भएको उक्त बिमोचन कार्यक्रममा प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष तुल्सी भण्डारी,बानका पुर्व मधेश संयोजक आर.सि.यादव, जिल्ला स्वास्थ्य कार्यालय पर्सा जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, कबिराज निरिक्षक धिरेन्द्र सिंह, प्रध्यापक डा अशोकराज ठाकुर, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीले शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रम पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा भएको हो भने स्वागत मंतव्य पत्रिकाको सह संपादक मनोज कुमार मिश्रले गर्नु भएको हो ।

कार्यक्रममा पब्लिक ब्रोडकाष्टिङ नेटवर्कसद्धारा बिभिन्न एफ.एम रेडियो सहकार्यमा प्रसारणमा रहेको कार्यक्रम क्वीज आवरको बिजेतालाई पुरस्कृति गरिएको हो ।

कार्यक्रमको सहजीकरण पब्लिक हेल्थ स्टोरीका कार्यकारी संपादक राजेन्द्र सिंहले गरेका थिए ।