वीरगन्ज वडा नं १० मा दोस्रो  वडा स्तरीय क्रिकेट  टुर्नामेन्ट प्रतियोगिता २०८० शुभारम्भ

वीरगन्ज वडा नं १० मा दोस्रो  वडा स्तरीय क्रिकेट  टुर्नामेन्ट प्रतियोगिता २०८० शुभारम्भ

 

पवन प्रसाद साह/वीरगंज

आज शनिबारका दिन वीरगन्ज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा  स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता २०८० को शुभारम्भ भएको छ ।  वीरगन्ज महानगरपालिका वडा नं १० को वडा समिती तथा घडिअर्वा स्पोर्ट्स क्लबको सहयोगमा  उक्त प्रतियोगिताको शुभारम्भ भएको हो ।

आजबाट सुरु भएको क्रिकेट टुर्नामेन्ट कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी गणेश लाठले यस ठाउमा आएर आफू पनि युवा भएको महसुस गरेको बताए । २०३९/४० साल  तिर आफू जिल्लाको तर्फ बाट कराते  खेलको लागि चुनिएर पोखरा गएको र त्यो समयमा सरकारले दिनको पचहत्तर रुपैया भत्ता दिने गरेको थियो । तर अहिलेको सरकारले खेलाडीहरु लाई केही पनि नदिएको गुनासो गरे । यस्तो अवस्थामा हामी खेलाडीहरु संग अन्तर्राष्ट्रिय स्तरमा चमत्कार गरोस भनेर अपेक्षा गर्छौ यो कदापी हुन नसक्ने बताए । त्यस्तै वडा नं १० का वडा अध्यक्ष  सुसिल  साह कानु ले  शुरु गर्नु  भएको वडा स्तरिय क्रिकेट खेलको प्रशन्सा गर्दै उनले खेल जगतले युवाहरुको जीवन लाई सपार्नुका साथै अनुशासनमा बस्ने गुण सिकाउन ठूलो भुमिका खेल्ने बताए ।

आज को कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष सुसिल साह कानुले  अहिले वडामा खेलकुद गतिविधी बढाउन बढी भन्दा बढी युवाहरु लाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए ।युवाहरुलाई खेल प्रति रुचि बढाउनका साथै स्वस्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिले को आधुनिक जमानामा पढाइका साथ साथै खेलकुदले पनि जिवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भुमिका खेलिरहेको बताए ।

आज भएको उदघाटन खेलमा यस वडा नं १० मा रहेको  सातजना बिधालयले मार्च पासको प्रदर्शन गरेका थिए । मार्च पास प्रदर्शनमा  प्रथम स्थान माउन्ट मकालु मा. बिधालयले हासिल गरेको थियो भने दोस्रो र तेस्रो स्थान क्रमस राम चरण पन्नालाल मा.बि र लिटल एनंजल मा.बि ले प्राप्त गरेका थिए । सहभागी  बिधालयहरु लाई सिल र सम्मान पत्र ले सम्मानित गरिएको थियो ।

आज भएको  उदघाटन कार्यक्रममा विशिष्ट अतिथिमा प्रमानन्द साह कानु , अशोक टेमानी , ठाकुर राम कलेज का प्रमुख रंजित यादव सहभागी रहेका थिए । त्यस्तै अतिथीहरु वडा समिती वडा नं १० क सदस्य  सन्तोष जे. सि चौला गाई , प्रभु महतो , घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष संतोष कानु , सचिव संतोष साह , पन्नालाल मा. बि का शिक्षक बिनोद गिरी , घडिअर्वा छठ पुजा समिती का अध्यक्ष दिलिप कानु लगायतको उपस्तिथि रहेको थियो ।

आज भएको उदघाटन खेलको सुरुमा वडा नं १० का वडा समिति र घडिअर्वा स्पोर्ट्स क्लब बिच मैत्रीपुर्ण खेल प्रतियोगिता भएको थियो । १० ओभर को खेलमा वडा नं १० को वडा समितीले १०० को लक्ष्य दिएको थियो जसमा वडा अध्यक्ष सुसिल साह कानु ले व्यक्तगत ३१ रन जोडेका थिए भने दिपु कलवार ले ३०  रन जोडेका थिए । १०१ रनको लक्ष्य पाएको घडिअर्वा स्पोर्ट्स क्लबले ९ ओभरको समाप्ति मा उक्त लक्ष्य लाई हासिल गरि बिजय भएको थियो ।