कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत

कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत

स्पर्श खबर जितपुर बारा फागुन ५ गते:

निजगढ,बाराको निजगढमा कृपा दैनिक पत्रिकाले शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरी २१ औं बार्षिकोत्सव मनाएको छ ।

 

प्रेस काउन्सीलमा अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कृपा दैनिक पत्रिकाले स्थापना गरेको दुई पुरस्कार उमादेवी स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका पत्रकार फणी महत र सर्लाहीका पत्रकार ओम प्रकाश ठाकुर पुरस्कृत भए ।

 

चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बाराकी पत्रकार शारदा पोखरेललाई प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कार राशी प्राप्त गर्ने सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरले अर्का पत्रकार अन्नपूूर्ण पोष्टका रौतहट सम्वाददाता उपचाररत फणिदेव महतलाई हस्तान्तरण गरेर मित्रताको अनुपम उदाहरण प्रस्तुत गरे ।

 

ठाकुरको यो काम पून्यको काम भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले बताए । कार्यक्रममा राकेश पाण्डेय, पुष्प खतिवडा र महेश्वर अधिकारीलाई पृपा दैनीकले सम्मान गरेको थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं प्रतिनिधि सभाका सदस्य अच्यूत मैनाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाई, निजगठ नगरपालिकाका प्रमुख सुरथ पुरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, रुद्र धिताल , नेकपा माओवादी केन्द्रका सन्तोष दंगाल नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।सभार इसिमाना ।

सम्पादक गोकुल घोरसाइनेको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशक कमल उपाध्यायले स्वागत र कृष्णउदास खनालले कार्यक्रमको संचालन गरेका थिए