क्यानडाविरुद्धको श्रृखंला क्लिन स्विप गर्न नेपाललाई २३३ रनको लक्ष्य

क्यानडाविरुद्धको श्रृखंला क्लिन स्विप गर्न नेपाललाई २३३ रनको लक्ष्य
जितपुर बारा माघ २९ गते । क्यानडाविरुद्धको तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले जितका लागि २३३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको छ ।

क्यानडाका लागि नवनीत दालिवालले ८२ बलमा ५ चौकासहित सर्वाधिक ५० रनको र्अधशतकीय इनिङ खेल्दा निखिल दुत्ताले ६२ बलमा २ चौका र १ छक्कासहित ४५, कप्तान साद बिन जफरले अविजित ३१, हर्ष ठाकरले २९, श्रेयस मोव्वाले २५ र श्रीमन्थ विजेरत्नेले २२ रनको योगदान दिए ।

नेपालका डेब्यु खेलाडी हेमन्त धामीले सर्वाधिक ३, कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट लिए। आजको खेल जिते नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला क्लिन स्विप गर्नेछ ।

यसअघि क्यानडाविरुद्धको पहिलो खेलमा ७ रन तथा दोश्रो खेलमा ४ विकेटले विजयी भएको नेपाले २-० ले अघि रहँदै श्रृंखला कब्जा गरिसकेको छ । यता क्यानडा भने आज पहिलो जित निकाल्दै नेपाल भ्रमणको सुखद् अन्त्य गर्ने चाहनामा छ ।

आईसीसी विश्वकप लिग-२ को तयारी अन्तर्गत नेपालले घरेलु मैदानमा क्यानडासँग तीन खेलको एकदिवसीय श्रृंखला आयोजना गरेको हो ।