नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटी गठन, अध्यक्षमा मनोज साह चयन

बारा, श्रावण १९ गते ।

नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटि गठन भएको छ । मनोज कुमार साहको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी गठन भएको हो ।

शुक्रबार बाराको जीतपुरमा बारा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक सुनिलकुमार साहको अध्यक्षतामा बसेको बैठक जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय नगर कमिटी गठन गरिएको हो ।

बैठकले नगरको अध्यक्षमा मनोज कुमार साह सर्वसम्मत रूपमा चयन भएका थिए भने उपाध्यक्षमा सुकराम लामा सचिवमा रविन्द्र सहनी कोषाध्यक्षमा निमिसा राई सदस्यमा किशन साह, अनिषा गोले, राजकुमार साह, सक्षम पटेल, मिथलेस साह, धर्मेन्द्र मुखिया, रिदि सिंह राजपुत, राजाबाबु साह र सुवास कुमार रोनियार सर्वसम्मत चयन भएका हुन् ।

नगर कमिटी गठन संगै बैठकले नेपाल सितोरियो कराँते बारा जिल्ला कमिटी गठनका लागि प्रतिनिधि सदस्यहरू पठाउने निर्णय गरेको छ । जिल्ला कमिटी गठनका लागि सानो बाबू कुर्मी, श्रीराम साह, मनोज कुमार साह, हिमाल चन्द्र अधिकारी, शिशिर थापा मगर र रिदि सिंह राजपुतलाई प्रतिनिधि सदस्यको रूपमा पठाउने निर्णय गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनिलकुमार साहको अध्यक्षता र मध्य क्षेत्रीय खेलकुद विकास समितिका उपनिर्देशक सुरेन्द्रकुमार श्रेष्ठको प्रमुख अतिथियतामा सम्पन्न भएको बैठकमा नेपाल सितोरियो कराँते मधेस प्रदेशका सदस्य श्रीराम साह, नेपाल सितोरियो कराँते संघ बाराका अध्यक्ष सानोबाबू कुर्मी, हिमाल चन्द्र अधिकारी, भुनेस पास्वान, रबिन्द्रकुमार सहनी, राजकुमार साह, परबेज खान, मिथिलेस साह कानु, निमिसा राई, अलिसा गोले, सक्षम पटेल, धर्मेन्द्र सिंह मुखिया, सुवास रौनियार, राजाबाबु साह, रिदि सिंश राजपुत, चन्द्रकिशोर साह, शिशिर थापा मगर, मनोज कुमार साह लगायतको उपस्थिति रहेको थियो ।