महोत्तरीमा दिनदहाडै लुटियो एनएमबी बैंक

सेयर गर्नुहोस्

बारा, जेष्ठ १६ गते ।

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ ।

उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

दिउँसो बैंकमा प्रवेश गरेर समूहले बैंकका कर्मचारीहरुलाई बन्दुक देखाउँदै रकम लुटपाट गरेको सार्वजनिक भएको सिसीटिभी फुटेजमा देख्न सकिन्छ । कम्तिमा पनि तिनजनाको समूहले बैंकमा लुटपाट गरेर देखिन्छ । यद्यपि लुटेराहरुको सङ्ख्या पनि खुल्न सकेको छैन ।