पर्सामा २० किलो चरेससहित युवक पक्राउ

सेयर गर्नुहोस्

पर्सा, जेष्ठ १२ गते ।

ठुलो मात्रामा लागूऔषध चरेससहित पर्सा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको कालिकामाई गाउँपालिका १ स्थित नगर सडक खण्डबाट प्रहरीले सोही स्थानका २१ वर्षीय अनिल पासवानलाई नियन्त्रणमा लिएको हो ।

आज शुक्रबार बिहान १० बजेको समयमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पासवान सवार भारतीय नम्बर विआर २२ एटी ८४९८ नम्बरको मोटरसाइकल चेकजाच गर्दा उनले बोकेको ब्याग भित्र लुकाई छिपाई राखिएको लागूऔषध चरेस बरामद भएको थियो ।

पास्वालको झोलाबाट ५ सय ग्राम तौल भएको २० वटा चरेसको प्याकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनु भयो । बरामद चरेसको कूल तौल १० किलोग्राम रहेको छ ।

पक्राउ परेका पासवान र उनि सवार मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर अनुसन्धानको प्रकिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता गिरीले जानकारी दिनु भयो ।