सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा दुईको मृत्यु, एक गम्भीर घाइते

सेयर गर्नुहोस्

सप्तरी, जेष्ठ १२ गते ।

सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको सदरमुकाम राजविराजमा प्रदेश २–०१–००२ प २५६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय श्यामकुमार यादव र मोटरसाइकल पछाडि सवार सोही ठाउँका ३० वर्षीय बिकासकुमार खङ्गको मृत्यु भएको हो ।

जिल्ला प्रहरी सप्तरीका अनुसार मोटरसाइकलमै सवार तेस्रो व्यक्ति २३ वर्षीय अजयकुमार खङ्ग गम्भीर घाइते भएका छन् । उनो राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

मृतकहरुको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको उनको भनाई छ ।