साताको पहिलो दिन बढ्यो सुनको मूल्य

सेयर गर्नुहोस्

काठमान्डौँ, जेष्ठ ७ गते ।

साताको पहिलो दिन सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार सुन तोलामा ८ सय रुपैयाँले बढेको छ ।

आइतबार एक तोला सुनको मूल्य एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।