नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष समशेर मियाँ पक्राउ

सेयर गर्नुहोस्

काठमान्डौं जेष्ठ ४ गते ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष समशेर मियाँ पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका मियाँ विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी फरार थिए । उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, वहालवाला सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।