भुटानी शरणार्थी प्रकरणः टोपबहादुरलाई म्याद थपका लागि आज अदालत लगिँदै

सेयर गर्नुहोस्

काठमाडौँ,जेठ १-

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पछिल्ला भिआइपी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । आइतबार साँझ बुढानीलकण्ठ नगरपालिकाको पासिकोट भन्ने स्थानबाट पक्राउ परेका रायमाझीलाई आइतबार नै काठमाडौँ परिसर लगिएको थियो । प्रहरीले आज उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि जिल्ला अदालत लैजानुभन्दा अगाडि केही समय बयान लिने तयारी गरिरहेको छ ।

गत २० गते पक्राउ पुर्जी जारी भएता पनि उनी फरार रहेकै अवस्थामा आइतबारमात्र पक्राउ परेका हुन् । यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतका १२ जना पक्राउ परिसकेका छन् ।