मधेस: टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सेयर गर्नुहोस्

धनुषा, वैशाख २५ गते ।

धनुषामा टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ४ जगदेव पुलमा सोमबार टिप्परमा मोटरसाइकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव रहेका छन् । यादवलाई ढल्केबर अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश-०२-००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटना पश्चात फरार रहेका टिप्परका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले जनाएको छ ।