भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताउँदै प्रचण्डले भने- म दबाबमा पर्दिन

सेयर गर्नुहोस्

काठमाडौं, वैशाख २३

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कसैको दबाबमा नपर्ने बताएका छन् । प्रक्रिया र कानूनअनुसार सरकार अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।

भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताउँदै प्रचण्डले भने, ‘प्रक्रिया, पद्दति र ऐनअनुसार सरकार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट गइन्छ ।’

ओलीले अस्ति र आजको भेटमा पार्टीका नेता टोपबहादुर रायमाझीको विषयमा चासो राखेको प्रचण्डले स्वीकार गरे । तर, आफ्नो नेता जोगाउन नभनेको उनको आशय थियो ।