आज पनि १२ सयले बढ्यो सुनको मूल्य

सेयर गर्नुहोस्

नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छापावाल सुन बिहीबार १ हजार २ सय रुपैयाँले बढेको हो ।

योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी पनि प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।